Skip to content

कमल थापा पार्टी बिहिन

पोखरा। १९ मंसिरको एकाबिहानै जुन खबर सञ्चार माध्यममा आयो, त्यो खबर राष्ट्रिय प्रजातन्त्र पार्टीमा निरन्तर नेतृत्वमा रहेकाकमल थापाको पक्षमा थिएन उनी आफैंले महामन्त्री बनाएका राजेन्द्र लिङ्देनसँग १९९ मत अन्तरले पराजित भएका थिए महाधिवेशनबाट पराजित थापाले हारलाई सहज रूपमा लिएनन्

उनले अध्यक्षमा विजयी लिङ्देनलाई सामाजिक सञ्जाल फेसबुकमार्फत बधाई दिए, साथै पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामापूर्वराजा ज्ञानेन्द्र शाहले हस्तक्षेप गरेको आरोपसमेत लगाए उनले त्यसबेला सामाजिक सञ्जालमा लेखेका थिए, ‘सिंगो मुलुकगणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो सो एजेन्डाको मूलसंवाहकलाई राजनीतिक रूपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्

त्यसयता थापाले महाधिवेशनमा पूर्वराजा निर्मल निवासको हस्तक्षेप भएको भन्दै छानबिन हुनुपर्ने माग निरन्तर रूपमा उठाइरहेकाछन् यसका अलावा उनले सैद्धान्तिक, व्यावहारिक संगठनात्मक गरी तीन विषय उठान गरिरहेका छन्

त्यसपार्टी नेतृत्वले छलफल गरेर निराकरण गर्नुपर्ने उनको माग उनले यो विषयमा २७ मंसिरमा पहिलोपटक १६ माघमादोस्रोपटक अध्यक्ष लिङ्देनलाई पत्र पठाएर आफ्नो मागध्यानाकर्षण गराएका थिए तीन दिनअघि थापा लिङ्देनबीच भेटवार्तापनि भयो तर, सो भेटवार्ताले पनि थापा खुसी हुन सकेनन् राजधानी दैनिकमा खबर

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर