Skip to content

अरुण नदीको बेलिब्रिज लच्कियो,तीन वटा ट्रक फसे

पोखरा। संखुवासभास्थित अरुण नदीमाथि लगाइएको बेलिब्रिज लच्किएको छ ।संखुवासभाको मकालु गाउँपालिका-५ को नुम र १ को वालुङ जोड्ने बेलिब्रिज शनिबार दिउँसो लच्किएको हो । शनिबार दिउँसो निर्माण सामग्री बाकेको लोवेट तार्ने क्रममा बेलिब्रिज लच्चिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

तीन वटा ट्रकको लोडका कारण बेलिब्रिज लच्किएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीले  जानकारी दिनुभयो । ‘पुल पूरै भाच्चिएको होइन, लच्किएर नदीसम्म पुगेको छ, टुटेको छैन, तीन वटै ट्रक पुलको बीचमा अल्झिएका छन्,नदीमै खसेका छैनन्’- उहाँले भन्नुभयो ।

मानवीय क्षति नभएकाे डीएसपी सुवेदीले बताउनुभयो ।उहाँका अनुसार तीन वटै ट्रकका चालक र सहचालक बेलिब्रिज लच्किनासाथ बाहिर निस्किएका थिए । पुलको क्षमता भन्दा बढी सामग्री बोकेर एकैपटक तीन वटा ट्रक तर्ने क्रममा बढी लोड भएर बीचको भाग लच्किएको हो ।उहाँका अनुसार ती ट्रकले निर्माणाधीन इप्सुवा हाइड्रो पावर कम्पनीको निर्माण सामग्री लिएर गएका थिए । बेलिब्रिज लच्किएपछि आवतजावत ठप्प भएको छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर