Skip to content

उखु किसानसँग मन्त्रीको प्रतिबद्धता : ‘१२ दिन भित्र भुक्तानी दिलाउँछौं

काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले १२ दिन भित्र उखुको बाकीँ बक्यौता भुक्तानी गराउने बताएका छन् । आन्दोलनरत उखु किसानलाई भेट्न पुगेका मन्त्री भट्टले १२ दिन भित्र वक्यौता रकम भुक्तानी गराउने बताएका हुन् ।

शुक्रबार माइतीघर मण्डलामा पुगेर आन्दोलनरत किसानलाई बक्यौता रकम भुक्तानी गराउने जिम्मेवारी सरकारको भएकाले अबको १०–१२ दिनभित्र सम्पूर्ण रकम भुक्तानी गराईसक्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री भट्टले उखु किसानको बक्यौता रकम उद्योगबाट दिने प्रक्रिया आरम्भ भइसकेको बताए ।’ १०–१२ दिनभित्र सम्पूर्ण भुक्तानी गराइसक्छौं ।’ उनले भने ‘नभए सम्बन्धित पक्षको सम्पत्ती रोक्का गरिदिने प्रक्रियामा अगाडी बढ्छौँ । हामीलाई विश्वास गर्नुहोस् ।’

उखु किसानको आन्दोलनमा सहभागिता जनाउँदै नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले उखु किसानलाई रकम दिलाउने कर्तव्यबाट राज्य पन्छिन नहुने बताए ।

तराईका बिभिन्न जिल्लादेखि काठमाडौँमा पुगेका उखु किसानहरु आइतबारदेखि आन्दोलनमा छन् । किसानहरुले करिब ९० करोड रुपैयाँ बक्यौता रकम चिनी उद्योगीहरुबाट लिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर