Skip to content

न्यायालयको बेथिति रोक्न प्रधानन्यायाधीशविरूद्ध महाअभियोग ल्यायौं : प्रचण्ड

धनुषा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले निकास नदिएपछि महाअभियोग दर्ता गरिएको बताएका छन्। जनयुद्ध दिवस मनाउन जनकपुर पुगेका प्रचण्डले सञ्चारकर्मीहरूसँगको संवादका क्रममा न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति हटाउन प्रधानन्यायाधीश राणाले नै पहल गरून् भन्ने गठबन्धनको चाहना भएपनि उनले त्यसो नगरेपछि महाअभियोग ल्याइएको बताए।

‘केही समयदेखि नेपाली न्याय क्षेत्रमा देखिएको अन्योल, अराजकता र बेथिति दुःखद थियो। न्यायाधीश र अधिवक्ताहरू आन्दोलनमा थिए। हामीले यसको सहज निकास चाहेका थियौं। त्यसका लागि पहल पनि गर्‍यौं,’ प्रचण्डले भने, ‘प्रधानन्यायाधीशले बिदा बसेर हुन्छ कि सबैलाई विश्वासमा लिएर हुन्छ निकास दिनुको साटो न्याय क्षेत्र झन् अराजक बन्न लागेपछि संवैधानिक प्रक्रिया थालिएको हो।’

उनले गठबन्धन दलकै सल्लाहमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ल्याएको बताए। प्रचण्डका अनुसार न्यायालयको बेथितिको प्रमुख जिम्मेवार प्रधानन्यायाधीश नै भएको र उपाय ननिस्केपछि गठबन्धनमा सहमति गरेर महाअभियोग लगाइएको हो। ‘महाअभियोग लगाएर गठबन्धन भत्किने होइन, बरु झन् बलियो हुन्छ,’ उनले भने। सत्तारुढ काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीका ९८ जना सांसदले प्रधानन्यायाधीशविरुद्ध संसद् सचिवालयमा आइतबार महाभियोग प्रस्ताव दर्ता गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर