Skip to content

एमाले अध्यक्ष केपी ओलीसहित पाँच नेताविरुद्ध अख्तियारमा उजुरी दर्ता

पोखरा। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसहित एमालेका पाँच नेताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको उजुरी दर्ता भएको छ ।

नेकपा एकीकृत समाजवादीको विद्यार्थी सङ्गठन अनेरास्ववियूले एमाले अध्यक्ष ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोख्रेल तथा नेताहरू योगेश भट्टराई, पद्मा अर्याल र भानुभक्त ढकालविरुद्ध भ्रष्टाचारको उजुरी दर्ता गरेको अख्यितार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

ऐन संशोधन गरेर गिरीबन्धु टी स्टेटको जग्गा हिनामिना गरेको आरोपमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालविरुद्ध उजुरी दर्ता भएको हो ।

यस्तै कोरोना महामारीका बेला स्वास्थ्य सामग्री खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा तत्कालीन उपप्रधानमन्त्री तथा सीसीएमसीका संयोजक ईश्वर पोखरेल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालविरुद्ध तथा नेपाल भ्रमण वर्ष २०२० को नाममा व्यापक अनियमितता गरेको आरोपमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईविरुद्ध उजुरी दर्ता भएको अख्तियारले जनाएको छ ।

अनेरास्ववियूको तर्फबाट आएको उजुरीलाई दर्ता गरिएको र प्रक्रिया पुर्‍याएर अनुसन्धान गरिने पनि प्रवक्ता भण्डारीले जानकारी दिए ।

झिल्को अनलाइनबाट साभार

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर