Skip to content

वैशाख १ गतेदेखि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरु हुन्छ : मन्त्री आले

पोखरा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी वैशाख १ गतेदेखि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु हुने बताएका छन्। आज उक्त विमानस्थल निरीक्षणका लागि भैरहवा आइपुगेका उनले यस विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुने बताएका हुन्।

मन्त्री आलेले भने, ‘हामी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा अन्तर्राष्ट्रिय उडान गर्ने तयारीमा छौं, अन्तर्राष्ट्रिय उडान सुरु भए यहाँका नागरिकलाई सहज हुनेछ।’ भारतसँग सिधा मार्गको अनुमतिका लागि पहल भइरहेको जानकारी दिँदै उनले केही महिना पहिले आफू भारत भ्रमणका गएका बेला त्यहाँका नागरिक उड्डयनमन्त्रीसँग सिधा उडान अनुमतिका माग गरेकामा त्यहाँका मन्त्री सकारात्मक देखिनुभएकाले सो समस्या चाँडै समाधान हुने उल्लेख गरे।

यो विमानस्थल देशको दोस्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए काठमाडौंमा एरट्राफिकको समस्या समाधान हुनेमा जोड दिँदै मन्त्री आलेले भने, ‘भैरहवा नजिकै शान्तिका दूत गौतमबुद्धको जन्मस्थल लुम्बिनी पनि भएकाले यहाँबाट अन्तर्राष्ट्रिय उडान सुरु भए हजारौं बौद्धमार्गीका साथै लाखौँ पर्यटक भित्रिनसक्ने सम्भावना छ, त्यसका लागि यो विमानस्थल सञ्चालन हुनु जरुरी छ।’ यो विमानस्थल सुरु भए यहाँका नागरिकले विदेश यात्रामा जानका लागि काठमाडौं जाने समस्या पनि समाधान हुने उनको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर