Skip to content

एमाले प्रबेशको लहर!

सैनामैना। सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरे लगत्तै विभिन्न दलहरु पार्टी प्रवेशको कार्यक्रमलाई तीव्रता दिएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेले पनि पार्टी प्रवेशको कार्यक्रमलाई प्राथमिकताका साथ अघि बढाएको छ ।

नेकपा एमाले सैनामैना नगर कमिटीले वडा तहसम्म पार्टी प्रवेशमा जोड दिइएको पाइएको छ । आज नेकपा एमाले सैनामैना वडा नम्बर ६ वडा कमिटी शाखाको आयोजनामा भएको बृहत पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ४१ जना एमालेमा प्रवेश भएको एमाले जिल्ला कमिटी सदस्य नजरकुमारी श्रेष्ठले जानकारी दिइन् ।

अन्य पार्टीबाट एमाले प्रबेश

एमाले केन्द्रीय कमिटी सल्लाहकार सदस्य मनिराम वन, नेपाली कांग्रेस क्रियाशिल सदस्य गोविन्द कंडेलसहित २० जना नेकपा (माओवादी केन्द्र) का शान्ता भट्टराईसहित १५ जना र अरु पार्टी गरी ४१ जना एमालेमा प्रवेश भएका हुन् ।

एमाले सैनामैना वडा नम्बर ६ वडा कमिटी अध्यक्ष प्रकाश आचार्यको अध्यक्षता, एमाले केन्द्रीय कमिटी सदस्य तथा जिल्ला इञ्चार्ज भुमिश्वर ढकालको प्रमुख आतिथ्यता, जिल्ला कमिटी उपसचिव चित्र बहादुर कार्कीको विशिष्ट आतिथ्यता,सैनामैना नगर अध्यक्ष चेतनारायण न्यौपाने, एमाले नेता नर बहादुर घर्तीमगर लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो । एमाले नगर कमिटी सदस्य तथा वडा इञ्चार्ज राम प्रसाद घिमिरेको स्वागत तथा सचिव आशिष पोख्रेलको सञ्चालनमा रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर