Skip to content

एमसीसीका विरुद्ध उपत्यकाका लगायत देशैभर मशाल जुलुस प्रदर्शन (फोटोफिचर)

पोखरा।नेकपा (क्रान्तिकारी माओवादी)सहित ६ कम्युनिस्ट पार्टी र दुई मोर्चाले राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्धमा काठमाडौं उपत्यकासहित देशैभर मशाल जुलुस प्रदर्शन गरेको छ । प्रहरी अवरोध छिचोल्दै काठमाडौं उपत्यकाको चावहिल, भक्तपुरको कमलविनायक, ललितपुरको लगनखेल, बागबजार र कलंकीमा मशाल जुलुस प्रदर्शन गरिएको छ ।

प्राप्त समाचार अनुसार नेकपा (क्रान्तिकारी माओवादी)का पीवीएम दिनेश शर्मा सागरको नेतृत्वमा चुच्चेपाटीदेखि चावहिल चोकसम्म र मित्रपार्कदेखि स्तुपासम्म, पीवीएम सुरेश श्रेष्ठको नेतृत्वमा भक्तपुरको ख्वप्प कलेज चोकमा, पीवीएम पवनमान श्रेष्ठको नतेृत्वमा मंगलबजारदेखि लगनखेल बसपार्कसम्म, पार्टी सल्लाहकार समितिका अध्यक्ष डा. ओम गुरुङ र केस शारदा महतको नेतृत्वमा तिनथाना पुलदेखि कलंकी चोकसम्म, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अध्यक्ष इश्वर तिमिल्सिना र अखिल (क्रान्तिकारी)का अध्यक्ष हरिकृष्ण गजुरेलको नेतृत्वमा बागबजारको खसीबजारदेखि शुक्रराज स्कुलचोकसम्म मशाल जुलुस प्रदर्शन गरिएको छ ।

पोखरामा पनि पृथ्बीचोकबाट न्युरोड हुँदै सयौंको संख्यामा निस्किएको मसाल जुलुस महानगरपालिकाको गेटमा प्रदर्शन गरिएको कुरा नेकपा क्रन्तीकारी  माओबदीका केन्द्रीय सदस्य नारायण अधिकारी निश्चलले बताउनु भयो।

त्यसैगरी चितवन, नवलपुर, रुपेन्देही, दाङ, नवलपरासी, कैलाली, कञ्चनपुर लगायत देशका अधिकांश जिल्लाहरुमा समेत मशाल जुलुस प्रदर्शन गरिएको सम्बद्ध स्रोतले जनाएको छ ।

स्मरण रहोस् एमसीसीको खारेजीको लागि संघर्षरत ६ पार्टी र २ मोर्चाले आज बिहिबार १२ बजे माइतीघरबाट नारा जुलुससहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर