Skip to content

प्रभु बैकले पौष २६ गते साधरणसभा गर्ने

काठमाडौं। प्रभु बैंकले पुस २६ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभामा १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदै छ।

बैंकले पछिल्लो तीन बर्षयता लाभांश वितरण गर्दै आएको छ। बैंकले गत वर्ष १६.८४ प्रतिशत लाभांश दिएको थियो। बैंकले गत वर्ष एक अर्ब ८ करोड वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा १७ करोड ५६ लाख रुपैयाँ छ।

१० अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोक्षमा ५ अर्ब ७० करोड रुपैयाँ छ। बैंकसँग एक खर्ब ३३ अर्ब रुपैयाँ निक्षेप र एक खर्ब १९ अर्ब रुपैयाँ ऋण लगानी छ।

बैंकको सर्वसाधारणमा ४९ प्रतिशत सेयर छ। ५१ प्रतिशत संस्थापक सेयरमध्ये सबैभन्दा बढी ताराकुमारी थकाली भट्टचनसँग ५.०८ प्रतिशत छ। प्रभु ग्रुप प्रालिसँग ४.९३, गौरव अग्रवालसँग ४.५६, नेपाल इन्भेष्टमेन्ट प्रालिसँग ४.०७, विनोद थकालीसँग २.८२, मिजास भट्टचनसँग १.२८, कर्मचारी सञ्चय कोषसँग १.२४, सुदीप आचार्यसँग १.१७, अम्बिका शर्मा लामिछानेसँग १.०४ र ध्रुवचन्द्र धितालसँग १.०३ प्रतिशत सेयर छ।

शिवकुमार श्रेष्ठ र स्वरुप गुरुङसँग जनही ०.९९ प्रतिशत, पवनकुमार अग्रवालसँग ०.७२, देव राजभण्डारीसँग ०.६६ प्रतिशत, पूर्णमान शाक्यसँग ०.६४, एसवाइ इन्भेष्टमेन्ट प्रालिसँग ०.६४, शैलेस श्रेष्ठसँग ०.६३, शम्भु लामासँग ०.६, जगदीशकुमार अग्रवालसँग ०.५८, सुजाता शाक्यसँग ०.५१ प्रतिशत र ताराप्रसाद भट्टराईसँग ०.५१ प्रतिशत सेयर छ।

सर्वसाधारणमा गएको सेयरमध्ये ६ वटा बीमा कम्पनी र सामूहिक लगानी कोषका १७ वटा स्किमहरुसँग ठूलो सेयर छ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर