Skip to content

फागुन २६ गतेदेखि लेखनाथ महोत्सव हुने!

पोखरा।१७ औं लेखनाथ महोत्सव फागुनमै हुने भएको छ । कोभिड संक्रमण केही कम भएपछि यसअघि स्थगित महोत्सव फागुनकै अन्तिम सातादेखि सन्चालन गर्न लागिएको हो । यसअघि माघमा महोत्सव चलाउने तयारी थियो । तर, कोरोना संक्रमण तीव्र रुपमा फैलिएपछि स्थगित भएको हो ।

२६ फागुनदेखि ७ चैतसम्म महोत्सव गर्ने गरी मिति तय गरिएको उद्योग बाणिज्य संघले जनाएको छ । सुन्तला मेलाबाट सुरू भएको महोत्सव अहिले गण्डकीकै ठूलोमध्येको महोत्सवका रुपमा विकास भएको छ । ‘पहिले कोभिडले रोकियो । अब समय केही अनुकूल भएको छ,’ संघका अध्यक्ष छत्रधर आत्रेयले भने, ‘महोत्सव सन्चालन गर्न लागेका छौं ।’

महोत्सवमा करिब ३०० स्टल रहनेछ भने दुई लाख ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान छ । महोत्सवबाट मात्र १० करोडको आर्थिक कारोबार गर्ने संघको अनुमान छ । आर्थिक कारोबारमार्फत कोभिड–१९ ले थला परेको अर्थतन्त्र चलायमान हुने आत्रेय बताउँछन् ।

महोत्सवका लागि आठ सदस्यीय निर्देशक समिति, ४१ सदस्यीय महोत्सव सल्लाहकार समिति, १९२ सदस्यीय कार्यसम्पादन समिति गठन गरिएको छ । बचत रकम प्रदर्शनीस्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको लागि पहल एवं सहयोग, कविशिरोमणि लेखनाथ पौड्यालको जन्मस्थल विकास, पर्यटन विकासतर्फ बेगनासतालमा बराह मन्दिर संरक्षण, बेगनासताल परिसरमा डिस्प्ले बोर्ड निर्माण गर्ने काममा खर्च हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर