Skip to content

यूक्रेन जेलेन्स्की र एमसीसी:रामराजा रेग्मी

जारकालीन समयमा यूक्रेन रुसी साम्राज्यअन्तर्गत थियो । जब लेनिनको नेतृत्वमा सन् १९१७ मा महान् अक्टोवर समाजवादी क्रान्ति भयो कम्युनिष्ट सरकारले ‘आत्म निणर्यको अधिकार’ प्रदान गर्‍यो । जारले उपनिवेश बनाएका राष्ट्रहरुलाई उनीहरु एउटा ठूलो राष्ट्र सोभियत सङ्घमै बस्ने कि अलग राष्ट्रका रुपमा रहने ? भनी रोज्न दियो । त्यतिखेर पोल्याण्ड, चेकोस्लाभाकिया जस्ता देशहरु स्वतन्त्र रुपमा रहन चाहे र तिनीहरुलाई स्वतन्त्रता प्रदान गरियो । तर यूक्रेनी जनमत सोभियत सङ्घमै विशाल राष्ट्रका रुपमा रहन चाहेकाले यो सोभियत सङ्घको एक सङ्घीय राज्यका रुपमा रह्यो । तर जब सन् १९९१ मा सोभियत सङ्घमा कम्युनिष्ट सत्ताको बिघटन भयो, तब यूक्रेन स्वतन्त्र राष्ट्र बन्यो ।
त्यसपछि अमेरिकी साम्राज्यवादले रुसको प्रभावमा रहेका स्वतन्त्र राष्ट्रमा गतिविधि बढाउन थाल्यो । यूक्रेनको सवालमा त्यहाँ सत्ता पलट गर्न लगाएर रुसी प्रभावमा रहेका राष्ट्रपतिलाई कूद्वारा हटाउन लगायो र आफ्ना कठपुतली शासकहरुलाई सत्तामा ल्याई रुसको विरोधमा उचाल्न थाल्यो । त्यही अमेरिकी नीतिअनुसार वर्तमान राष्ट्रपति जेलेन्स्की धेरै अघि बढेका छन् र अमेरिकी हातहतियार सङ्कलन गर्ने र पश्चिमा पुँजीवादी राष्ट्रहरुको रुसबिरोधी सैन्य गठबन्धन नाटोको सदस्यता ग्रहण गर्ने दिशामा लागेका छन् । यो कुरा रुसको निम्ति सह्य हुने कुरा भएन र अहिलेको सैन्य आक्रमण त्यसको परिणाम हो । हुन त एउटा सार्वभौम मुलुकमा गरिने हस्तक्षेपलाई राम्रो मानिन्न । तर यो रुसको बाध्यात्मक कदम हो । आफ्नो छिमेकी देशलाई उचालेर आफ्नो विरुद्ध गतिविधि गरेको कुनै पनि शक्ति राष्ट्रले टूलुटूलू हेरेर बस्ने भन्ने हुँदैन ।
अमेरिकी साम्राज्यवाद विश्वभर यस्तै समस्या सृजना गरी आफ्ना हातहतियारको व्यापार गरी युद्ध मच्चाइरहेछ । नेपालमा पनि एमसीसीको माध्यमबाट चीनलाई घेरा हाली अमेरिका नेपाललाई यूक्रेनको अवस्थामा पुर्‍याउन खोजिरहेछ । यो सवाल नेपालका जेलेन्स्कीहरुले बुभ्न जरुरी छ । कतै नेपाली जनता युद्धको भुमरीमा पर्ने र नेपाली जेलन्स्कीहरुले साम्राज्यवादले हामीलाई फसाएर भाग्यो भनी चेत्न नपरोस् । नेपाली जलेन्स्कीहरुको र अमेरिकाको यो करतूत बेलैमा बुझेर नेपाली जनताहरु पनि बेलैमा एमसीसी विरुद्धको सङ्घर्षमा उत्रिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर