Skip to content

आज नेपाल बन्द!

काठमाण्डौं।राष्ट्रघाती एमसीसी सम्झौता सदनबाट पारित गर्ने देउवा सरकारको राष्ट्रघाती कदमको प्रतिरोधको रुपमा आव्हान गरिएको नेपाल बन्द पूर्णरुपमा पूरै तागतका साथ सफल पार्न संघर्षरत ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गरेको छ ।

बन्द आव्हानका लागि जारी गरिएको वक्तव्यमा भनिएको छ, “नेपालका क्रान्तिकारी, देशभक्त, प्रगतिशील राजनैतिक शक्ति र नेपाली जनताले राष्ट्रिय रुपमा अस्वीकृत, विरोध र देशव्यापी जनसंघर्ष गर्दा गर्दै पनि देउवा सरकारले रातारात एमसीसी कम्प्याक्ट पारित गर्ने मुर्खता गरिरहेको छ । यसका विरुद्ध राष्ट्रिय रुपमा प्रतिवाद संघर्ष संचालन गर्नु देशभक्त नेपाली जनताको कर्तव्य हुन पुगेकोले विषयको यही संवेदनशीलतालाई दृष्टिगत गरी हामी ६ कम्युनिष्ट पार्टी र २ मोर्चादले तात्कालिक संघर्षको घोषणा गरेका छौं । यसलाई पूरै तागतका साथ सफल पार्न देशभक्त, वामपन्थी, प्रगतिशील, सच्चा लोकतन्त्रवादीहरु लगायत आम जनसमुदायमा विनम्र अनुरोध गर्दछौं ।”

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर