Skip to content

नेकपा विवादले संघीय संसद शिकार बन्ने खतरा : ओलीले गर्न सक्लान् संसद विघटन ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक फेरि राजनीतिक अस्थिरतातर्फ धकेलिने त होइन भन्ने प्रश्न उठ्न थालेको छ । प्रधानमन्त्रीले लिने निर्णयमा राष्ट्रपति सहयोगी देखिएको अवस्थामा नेकपाभित्रको आन्तरिक कलहको सिकार संघीय संसद् हुने त होइन भन्ने आशंका जन्मिएको छ ।

आजको नागरिक दैनिकमा खबर छ पार्टी स्थायी कमिटी बैठकमा प्रतिबद्धता गरे पनि संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन अटेर गरेका प्रधानमन्त्री ओलीले कतै संसद् विघटनको बाटो रोज्ने त होइनन् भन्ने आशंका उनकै पार्टीभित्र गर्न थालिएको छ ।

गत वैशाखमा पनि संवैधानिक परिषद् र राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश जारीपछि अप्ठेरोमा परेका ओलीले मध्यावधि निर्वाचनमा जाने विकल्पका विषयमा निकटकासँग परामर्श गरेका थिए । अहिले ओली त्योभन्दा पनि बढी संकटमा परेको विश्लेषण छ । के त्यसो भए उनी संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जान सक्छन् त ?

संविधानविद् विपिन अधिकारीले व्यवस्था नै सिध्याउने बाहेक संविधानअनुसार संसद् विघटनको सम्भावना नरहेको बताउँछन् । उनले नेपालको शासन व्यवसथा जर्मनीको संसदीय प्रणालीसँग मिल्दोजुल्दो रहेको बताउँदै जति बेला पनि सरकार विघटन गरेर अस्थिर सरकार बनाउने कल्पना संविधानले नगरेको तर्क गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर