Skip to content

प्रचण्ड माथि बैठकमा यसरी खनिए नारायणकाजी…

काठमाण्डौं।नेकपा (माओवादी–केन्द्र)को आज दिउँसो २०७८ फागुन २० गतेदेखि सुरु केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ ‘प्रकाश’को प्रष्टीकरण र भाषणले रोचक मोड लिएको छ ।
प्रचण्डले डेढ घन्टासम्म भाषण गरेर एमसीसी पारित नगरेको भए आफूसहित ‘युद्ध लडेका माओवादी’ सबै जेल जाने परिस्थिति सृजना भएको प्रष्टीकरण दिएका थिए । एकता प्रक्रियामा सामेल भएका माओवादीहरुलाई प्रचण्डले सिधा–सिधा भनिदिए– ‘युद्ध नलडेका साथीहरुलाई त के थियो र ? उहाँहरु बाहिर हुने । म सहित युद्ध लडेका सहयोद्धाहरु सबै हेगमा पुग्ने अवस्था आएकाले एमसिसी पारित गर्नै पर्ने भयो ।’
अबका दिन संसदीय व्यवस्था वरपर नै रहने निश्कर्षसहित प्रचण्डले बैठकमा भने– ‘एमसीसी पारित गरेर हामीले गठबन्धन बचाएऔँ । अब, काँग्रेससँग मिलेरै भए पनि संसदमा दोस्रो र वामपन्थीमा ठूलो दल हुने रिपोर्ट छ । अझै अघि बढ्दा पहिलो ठूलो दल हुन सकिन्छ ।’
लिखित बुँदासहित फरकमत राखेका नारायणकाजीले प्रचण्डप्रति इतिहासमा पहिलो पटक संगीन आरोप लगाएका छन् । नारायणकाजीको आरोप नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बिभाजन नहुँदा प्रचण्डले केपी ओलीप्रति लगाएको १९ बुँदे आरोप भन्दा कडा रहेको टिप्पणी बैठक हलमै गाइँगुई चल्यो । ‘कमरेड प्रचण्डको एमसीसी पारित गर्ने एकल निर्णय राष्ट्रघाती हो । उहाँको यो कार्य संसदीय व्यवस्थाप्रति आत्मसर्मण, व्यक्ति केन्द्रित, आत्म सुरक्षावादी शैली हो’, श्रेष्ठले आरोप लगाउँदै भने ।
हिजो युद्ध लडेका सहयोद्धाहरुको भावनामाथि खेलेको समेत नारायणकाजीले प्रचण्डलाई आरोप लगाए । उनले भने– ‘अध्यक्ष कमरेडले युद्ध लडेकालाई मुद्दा लगाउँछ अमेरिकाले भनेर पुरै सेन्टिमेन्टल ब्ल्याकमेलिङ गरिरहनु भएको छ । यसको अर्थ हो, हिजोका साथीहरु सबै मै सँग रहुन भन्ने ।’
उनले थपे– ‘अध्यक्ष कमरेडले एमसीसी पारित गर्न ह्वीप जारी गर्नुभयो, मैले विवेक प्रयोग गर्नुस् भनेँ । यसमा मेरो के गल्ति भयो र ? उहाँले पार्टी छोडेर गए हुन्छ भन्नुभयो ?’ नारायणकाजीले प्रचण्डप्रति अर्को संगीन आरोप लगाउँदै भने– ‘अध्यक्ष कमरेड मनोबैज्ञानिक त्रास सृजना गरेर पार्टी सबैलाई आफ्नो वरीपरी राख्ने आत्मकेन्द्रित हुन भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर