Skip to content

नेष्डोमा २५ लाख ३२ हजार बढी आवेदकको हात खाली

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बाँडफाँड मंगलबार बिहान हुने भएको छ ।

आईपीओ बाँडफाँडका मंगलबार बिहान ९ बजेपछि समय तालिका निर्धारण गरिएको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले पोखराप्रेसलाई जानकारी दिएको छ । क्यापिटलले आइतबार सेयर बाँडफाँडका लागि आइतबार आईपीओको प्रि-अलमेन्ट गरेर स्वीकृतिका लागि धितोपत्र बोर्डमा पठाएको छ ।

लघुवित्तले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते आइतबारसम्म सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गरेको थियो ।

कुल जारी सेयरमध्येबाट जारी पूँजीको ०.५० प्रतिशत अर्थात १२ हजार ७५० कित्ता सेयर कर्मचारीहरुका लागि तथा ५ प्रतिशत अर्थात ४१ हजार ४३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरेर बाँकी रहेको ७ लाख ७४ हजार ५३६ कित्ता सेयर खरीदका दागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो ।

आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १२७ जनाबाट ३ करोड २ लाख २४ हजार २५० कित्ताका माग परेको छ । जुन सर्वसाधारणको लागि माग गरिएको तुलनामा ४० गुणा धेरै हो ।

मागभन्दा धेरै आवेदन परेको हुनाले लघुवित्तको आईपीओ धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । जसमा ७७ हजार ४५३ जनाले मात्र आईपीओ हात पार्नेछन् भने बाँकी २५ लाख ३२ हजार बढी आवेदकको हात खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर