Skip to content

गोरु ब्याउँदैन भन्थे, सर्वोच्च अदालतमा गोरु ब्यायो : ओली

पोखरा।एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले आफू नेतृत्वको सरकार ढाल्ने न्यायाधीशलाई अमेरिकाबाट इमेल आएको दाबी गरेका छन् ।

पोखरामा शुक्रबार प्रेस चौतारी नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले भने, ‘एकजना न्यायाधीशको अभिव्यक्ति हुन्छ, एउटा इमेल आउँछ । अमेरिकाबाटै इमेल आउँछ । केपी ओलीको सरकार ढाल्नु नै थियो । नढाली भएको थिएन, किन ? न्यायाधीशको के बिगारlदिएको थियो त्यो सरकारले ? वर्गीय पूर्वाग्रह, दुराग्रह र विकास विरोधीको एउटा षड्यन्त्रको हिस्सेदार भएर सरकार ढाल्ने काम भएको थियो ।’

संविधान बाहिर गएर आफू नेतृत्वको सरकार ढालेको आरोप लगाउँदै उनले अदालतले सरकार बनाउने बताए । ‘संविधान बाहिर गएर सरकार ढालियो,’ उनले भने, ‘ संविधान बाहिर गएर जननिर्वाचित  प्रगतिशील सरकारलाई ढालेका छौँ ।

संसदले सरकार बनाउने र भत्काउने गर्छ । संसद र जनप्रतिनिधिको काम हो । अदालतको होइन  । तर, नेपालमा, एकपल्ट एकजनाले भनेका थिए, गोरु ब्याउँदैन भन्थे, सर्वाेच्च अदालतमा गोरु ब्यायो, । अहिले गोरु ब्यायाे मात्र होइन, पाँचवटा बाच्छा पायो ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर