Skip to content

स्थानीय निर्वाचन बहिष्कार गर्न वैद्य माओवादीको दुई महिने अभियान

पोखरा। मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)ले आगामी वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचन बहिष्कार गर्ने भएको छ ।
क्रान्तिकारी माओवादी केन्द्रीय समितिको बैठकले स्थानीय तहको निर्वाचन बहिष्कारका लागि दुई महिने अभियान चलाउने निर्णय गरेको पार्टी महासचिव मोहन वैद्य ‘किरण’ले जानकारी दिए ।
आगामी निर्वाचन स्वच्छ र निश्पक्ष हुने कुनै सम्भावना नदेखिएको निश्कर्ष निकाल्दै क्रान्तिकारी माओवादीले निर्वाचन बहिष्कारको नीति लिएको जनाएको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा भाग लिएको क्रान्तिकारी माओवादीले प्रदेश र संघको निर्वाचनमा ‘देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल’ को नामको दलबाट भाग लिएको थियो । उनीहरुले संसदीय ब्यवस्थाको भण्डाफोर गर्न भन्दै निर्वाचन उपयोग गरेको जनाएको थियो ।
उनीहरुले अहिलेको अवस्थामा निर्वाचन बहिष्कारबाट नै पार्टीको क्रान्तिकारी छवि उज्वल हुने देखेका छन् ।
केन्द्रीय समिति बैठकमा महासचिव वैद्यल पेश गरेको प्रस्तावमा प्रतिक्रियावादी, अवसरवादी तथा भ्रष्ट तत्वहरूद्वारा पैसाको खोलो बगाउने भएको, चरम रुपमा साधन स्रोतको दुरुपयोग तथा शक्ति प्रदर्शन गर्ने देखिएको, स्वच्छ तथा निष्पक्ष निर्वाचनको कुनै संभावना नरहेको उल्लेख छ ।

साथै वर्तमान राज्यसत्ताका तीनओटै अङ्ग असफल सावित हुँदै गए पनि नोकरशाही राज्य संयन्त्रको बलमा यो सत्ता तथा व्यवस्था टिक्न पुुगेको वैद्य माओवादीको निश्कर्ष छ ।

अहिले संसदमा एमसीसी अनुमोदन गर्ने काममा नेकाका साथै माके, एकीकृत समाजवादी, एमाले लगायतका राजनीतिक दलहरूद्वारा अमेरिकाको चरम दलाली तथा राष्ट्रिय गद्दारी गरिएको भन्दै वैठकले त्यसको अझै भण्डाफोर गर्न अति जरुरी भएको ठहर गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर