Skip to content

प्रधानमन्त्री खड्ग प्रसाद ओली प्रचण्ड निवास खुमलटारमा

काठमाडौँ-  पार्टी विवाद उत्कर्षमा पुगेका बेला नेकपाका एक नम्बर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुग्दैछन् ।

खुमलटारमा ओली-दाहाल एक्लाएक्लै वार्ताको तयारी भएको स्रोतले जनाएको छ । दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार प्रधानमन्त्री ओली खुमलटार आउन लागेको नेकपाकै नेता सुवास नेम्वाङले जानकारी गराएका छन् ।

खुमलटारमा हुने ओली-दाहाल वार्ताले पार्टी विवादमा निकास दिने अपेक्षा गरिएको छ । दाहाल-नेपाल समूहले भेला तीब्र पारेपछि निकटस्थहरूले समेत ओलीलाई मिलेर जान दबाब दिइरहेका छन् ।

अध्यादेश फिर्ता लिन भएको सहमति कार्यान्वयन नगरेपछि दाहाल-नेपाल समूह ओलीविरूद्ध कठोर कदम चाल्ने रणनीतिमा लागेको छ । यसैको श्रृंखलास्वरूप दाहाल-नेपाल समूहले शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भेला तथा प्रशिक्षणसमेत गरेपछि ओली अझ बढी दबाबमा छन् ।

यद्यपि शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा  भएको भेलामा उपाध्यक्ष बामदेव गौतम उपस्थित नभएपछि दाहाल-नेपाल समूहमा शंसय छाएको छ ।

गौतमको अनुपस्थितलाई दाहाल-नेपाल समूहले प्रधानमन्त्री ओली पक्षधरको चलखेलको रूपमा बुझेको स्रोतले जनाएको छ । तथापि गौतमले आफू कुनै भेलामा नजाने तर बैठकमा जाने बताएका छन् ।

पार्टी सञ्चालन र सरकार सञ्चालनका विषयबाट सुरू भएको नेकपाको विवाद पछिल्लो समय विभिन्न राजनीतिक नियुक्ति र संवैधानिक परिषदसम्बन्धी अध्यादेश प्रकरणबाट झनै चर्किएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर