Skip to content

माधव कुमार नेपालले लाप्रकमा यसरी बोले झुठो

गोरखा।नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरूले वृद्ध भत्ता सुरु गरेको बताएका छन्। शुक्रबार गोरखाको उत्तरी गाउँ लाप्राक पुगेका अध्यक्ष नेपालले भने, ‘नेपालमा बुढापाकालाई भत्ताको सुरुवात कसले गर्‍यो भनेर सोध्ने हो भने त्यो बेलाको पार्टी, जसको नेता माधव नेपाल थिए त्यही पार्टीले गर्‍यो भन्छन्।’

२०५१ सालमा एमालेको सरकारले वृद्ध भत्तालगायतका सामाजिक सुरक्षा अघि सारेको र उक्त सरकारमा आफू उपप्रधानमन्त्री रहेको नेपालले स्मरण गरे। उनले भने, ‘सारा देशले सम्झिरहेको छ, मनमोहन अधिकारी प्रधानमन्त्री, म माधव नेपाल उपप्रधानमन्त्री। पार्टीका तर्फबाट मूल नेता। यो भत्ताको सुरु गर्ने मान्छे। मान्छे नै म यहाँ आएको छु, तैपनि याद नै छैन। कमसेकम स्याबास भन्नुपर्ने हो नि!’

उनले ०५१ मा मासिक एक सय रुपैयाँ दिने गरी वृद्ध भत्ता सुरु गरिएको बताए। नेपालले ०५१ सालको सरकारले देशका चार हजार गाउँलाई सम्झिएको पनि बताएका थिए। ‘त्यो बेलाको गाविसमा बस्ने जनतालाई आफ्नो गाउँ आफैँ बनाऔं भनेर बजेट दिएको थियो,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर