Skip to content

सरकार छाड्न प्रचण्ड र नेपाललाई कांग्रेस केन्द्रीय सदस्य भट्टराईको चुनौति

दमौली।नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले सरकार छाड्न माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एसका अध्यक्ष माधवकुमार नेपाललाई चुनौती दिएका छन् ।
तनहुँको आँबुखैरेनीमा कार्यकर्ता पार्टी प्रवेश गराउन आयोजित कार्यक्रममा बोल्दै उनले सरकारमा सँगै बसेर एमसीसी पारित गराएर अहिले द्वैध चरित्र देखाएको भन्दै दुई नेताको आलोचना गरे । सरकारमा सँगै बसेर एमसीसी पारित गर्दा राष्ट्रघाती नदेख्ने अहिले प्रधानमन्त्रीको आलोचना गर्दै हिंड्ने ? उनले प्रश्न गरे ।
उनले यदि एमसीसीलाई राष्ट्रघाती नै भन्ने हो भने सरकार छाड्न र चुनावी तालमेलको कुरा नगर्न चेतावनी दिए । एमसीसी पास पनि गर्ने अनि राष्ट्रघाती भन्ने तर चुनावमा तालमेलको कुरा गर्न सुहाउँछ उनले प्रश्न गरे ।

आँबु २ मा आयोजित कार्यक्रममा माओवादीबाट विजयी वडा सदस्य धनराज गुरूगसहित ३० कार्यकर्तालाई उनले पार्टी प्रवेश गराएको जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।
पार्टी वडा सभापति मिलन गुरुङको सभापतिमा भएको कार्यक्रममा पवित्रा गौली, गाउँपालिका अध्यक्ष गिरबहादुर थापा, गाउँपलिका उपाध्इक्ष पुष्पादेवी श्रेष्ठ, जिल्ला सदस्य केशबनाथ खनाल, आँबु को पार्टी सभापति बिष्णु पन्थ २ को अध्यक्ष कटक थापा र स्थानीय प्रतिनिधि गोविन्द ढकाल, सोलबहादुर चितौरे, विजय गुरुङ, धनबहादुर गुरुङको सहभागीता थियो ।
यसअघि उनले बन्दीपुरमा पनि पार्टीको वडा कार्यालय उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर