Skip to content

एमाले ,कांग्रेश र माओबादीलाई भोट नदिन राजेन्द्र लिंङ्देलको अनुरोध

गोरखा।राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्गदेनले आगामी निर्वाचनमा कांग्रेस, एमाले र माओवादीलाई भोट दिएमा देश बर्बाद हुने दाबी गरेका छन्।

बिहीवार गोरखा सदरमुकाममा आयोजित राप्रपाको आमसभालाई सम्बोधन गर्दै उनले ती पार्टीहरुलाई भोट दिएर विगतमा गरेको गल्ती नदोहोऱ्याउन आग्रह गरेका हुन्।

‘३१ वर्षदेखि केही सीमित राजनीतिक दल र तीनका सिमित नेताको चक्रव्यूमा देशसँगै हामी पनि फसेका छौ,’ उनले भने, ‘अबको चुनावमा पनि त्यही दलहरुलाई भोट दिने हो भने हामी वर्वाद हुने मात्र होइन हाम्रो भावी सन्ततिको भविष्य पनि बर्वाद हुन्छ।’

सभामा राप्रपाका केन्द्रीय उपाध्यक्ष हेमजंग गुरुङ, महामन्त्री कुन्ती कुमारी शाही, प्रवक्ता मोहन श्रेष्ठ र ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा, प्रवास आइसिसी संयोजक प्रेमकुमार श्रेष्ठ, केन्द्रीय सदस्यहरु रामराजा कोइराला, लोकनाथ तिवारीलगायतले सम्बोधन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर