Skip to content

माओवादीले १८ घण्टे कहालिलाग्दो लोडसेडिङबाट देशलाई मुक्त गर्‍यो : अध्यक्ष प्रचण्ड

भरतपुर।नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रकै नेतृत्वमा नेपाल लोडसेडिङ्गको कहालिलाग्दो अवस्थाबाट मुक्त भएको बताएका छन् । अध्यक्ष प्रचण्ड दोस्रो पटक प्रधामन्त्री हुनुभन्दा अघि देशमा दैनिक १८ घण्टासम्म लोडसेडिङ हुँदै आएको थियो । प्रधानमन्त्री भएको केही दिनमै प्रचण्डले देशलाई लोडसेडिङ मुक्त बनाएका थिए । त्यतिबेला उर्जामन्त्रीका रुपमा अहिलेका अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर थिए । विभागिय मन्त्री शर्माले प्रचण्डको सहमतिमा घिसिङलाई विद्युत् प्राधिकरणको कार्यकारी प्रमुखमा नियुक्त गरेका थिए । उनी प्रमुख भएर आएको केही दिनमै १८ घण्टे कहालीलाग्दो लोडसेडिङबाट मुक्त भएको थियो ।  राप्ती नगरपालिकामा निर्माण भएको हर्दी विद्युत सबस्टेसनको उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले अब नेपाली जनताको जिविकोपार्जन नै बिजुली हुने बताए । नेपालको अपार जलस्रोतको भण्डारलाई उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिकारी छलाङ मारिरहेको र यसलाई सरकारले उर्जाखानीको रूपमा विकास गर्नुपर्ने बताए । अध्यक्ष प्रचण्डले अथाह उर्जा उत्पादन यसको बजारीकरण र विश्वबजारमा बिजुली बेचेर आर्थिक क्रान्ति गर्दै समृद्धिको यात्रा तय गर्नुपर्ने बताए । चितवनमा अबको ५० बर्षलाई धान्नेगरी ठूला ठूला भौतिक पूर्वाधारको योजना बनाउन कार्यक्रममै रहेका उर्जामन्त्री पम्फा भुसाल र प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आग्रहसमेत गरे । अध्यक्ष प्रचण्डले चितवन, मकवानपुर र नवलपुरलाई एकीकृत विकास प्राधिकरण निर्माण गरी यस क्षेत्रको बृहत्तर विकास गर्ने योजनाका साथ आफू अगाडि बढिरहेको बताए । विकासमा सबैको समान चिन्ता र चासो हुनुपर्ने बताएका प्रचण्ड सबैको सामुहिक प्रयासले मात्र उपलब्धी हाँसिल हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर