Skip to content

ओलीको हातबाट माला लगाएर एमाले प्रवेश गरेका डल्लाकोटी २४ घण्टामै माओवादी फर्किए

काठमाडौँ । केपी शर्मा ओलीले टीका लगाएर एमाले भित्र्याएका धादिङका माओवादी नेता पित्तबहादुर डल्लाकोटी २४ घण्टामै पुरानो पार्टीमा फर्किएका छन् ।नेकपा एमाले धादिङ स्रोतले डल्लाकोटी माओवादीमै फर्किएको जानकारी दियो ।

डल्लाकोटी धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका अध्यक्षसमेत हुन् । अघिल्लो निर्वाचनमा डल्लाकोटी धादिङमा माओवादी केन्द्रका तर्फबाट स्थानीय तह अध्यक्ष जित्ने एक मात्र प्रतिनिधि हुन् ।

उनी हिजो केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमाले प्रवेश गरेका थिए । त्यसको २४ घण्टा नपुग्दै उनी माओवादीमै फर्किएका छन् ।

त्यसो त उनी एमाले पृष्ठभूमिकै नेता हुन् । उनी १५ वर्षअघि एमालेबाटै तत्कालीन माओवादीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर