Skip to content

संसद् विघटन प्रस्ताव असंवैधानिक र अवैध : सांसद अधिकारी

काठमाडौं।संबिधानबिद एवं नेपाली कांग्रेसका राष्ट्रिय सभा सांसद राधेश्याम अधिकारीले अहिलेको अवस्थामा वर्तमान सरकारले संविधानले गरेको व्यवस्थाअनुसार संसद् विघटन गर्न नमिल्ने बताएका छन् । उनले प्रारम्भिक प्रतिक्रिया दिँदै सरकारले विघटनको प्रस्ताव गरेको भए त्यो कानुनी रुपमा असंवैधानिक र अवैध भएको तर्क गरे ।

‘नेकपाको अहिलेको सरकार स्पष्ट बहुमतको सरकार हो । स्पष्ट बहुमतको सरकारले संसद विघटन गर्न मिल्ने प्रावधान संविधानमा छैन । त्यसैले यो प्रस्ताव नै गैरकानुनी छ,’ उनले भने, ‘नेकपा फुटेको भए, अर्को सरकार बनाउन मिल्ने अवस्था नभएको भए अर्कै कुरा हुन्थ्यो । पार्टीको आन्तरिक राजनीतिलाई लिएर संसद् विघटन गर्न मिल्दैन । संविधानमा त्यस्तै व्यवस्था छ ।’

संविधानविद् अधिकारीका अनुसार प्रधानमन्त्रीले गरेको सिफारिस राष्ट्रपतिले पनि अनुमोदन गरे त्यसले संवैधानिक जटिलता निम्त्याउने निश्चित छ । ‘प्रधानमन्त्रीको प्रस्तावमा राष्ट्रपतिले के भन्नुहुन्छ त्यो हेरौं । अन्य पार्टीहरुले पनि के प्रतिक्रिया दिन्छन् त्यो पनि हेरौं,’ उनले भने ।कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर