Skip to content

विराटनगरमा एक्लै चुनाव लड्ने कांग्रेसको निर्णय

विराटनगर। महानगर समितिले बैठकले विराटनगर महानगरको हकमा तालमेलको आवश्यता नरहेको निष्कर्ष निकाल्दै एक्लै चुनावमा जाने निर्णय गरेको सचिव तेजेन्द्र भट्टराईले बताए।
“विराटनगरमा हामीले तालमेल नगरे पनि बलियो अवस्थामा छौ,” सचिव भट्टराईले हिमालखबरसँग भने, “एक्ले चुनावमा जाँदा पनि जित्ने अवस्थामा पदको भागबण्डा गरेर जाने अवस्था रहँदैन। अब हामी चुनावमा एक्लै चुनावमा जानेछौ।”
सत्तारुढ पाँच दलीय गठबन्धले आगामी स्थानीय तहको निर्वाचनमा आवश्यकताको आधारमा तालमेल गरेर जाने सहमति गरेको थियो।
विराटनगरमा १९ वटा वडा तह रहेका छन्। जसमा गएको स्थानीय तहको निर्वाचनमा नेपाली काग्रेसले मेयर सहित आठ वटा वडा जितेको थियो।
त्यस्तै, गत निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरमले ६, नेकपा (एमाले) ले तीन, नेकपा (माओवादी केन्द्र) ले एक र एक जना स्वतन्त्र उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर