Skip to content

नागरिकता सच्याएर प्रहरीमा जागिर खाएको आरोप लागेका डीएसपी रमेस सिंह दोषी ठहर

काठमाण्डौं। नागरिकतामा जन्म मिति सच्याएर नेपाल प्रहरीको सेवामा प्रवेश गरेको अभियोगमा नायब उपरीक्षक (डीएसपी) रमेश सिंहलाई विशेष अदालतले दोषी ठहर गरेको छ ।

श्रीकान्त पौडेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले सिंहलाई दोषी ठहर गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कागज कीर्ते अभियोगमा सिंहविरुद्ध अभियोग दर्ता गरेको थियो ।

एसएलसीको लब्धाङ्क पत्रमा जन्म मिति २०३२ साल माघ १२ गते उल्लेख भएका सिंहले २०५८ सालमा प्रहरी निरीक्षक पदमा आवेदन दिएका थिए । आवेदन दिँदा उनको उमेर २६ वर्ष भइसकेको थियो । तर, प्रहरी निरीक्षकमा २५ वर्ष ननाघेको व्यक्तिले मात्र आवेदन दिन सक्ने व्यवस्था छ ।

सिंहले विद्यालयले दिने चारित्रिक प्रमाण पत्रमा जन्म मिति सच्याएर नक्कली बनाएको र त्यसैलाई पेस गरेर आवेदन दिएको आरोप लागेको थियो ।#मेरोन्युजबाट

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर