Skip to content

प्रधानमन्त्रीले कलंकको टीका लगाउनुभयो, संसद् विघटन असंवैधानिक छ : माधव नेपाल

काठमाडौँ । सत्तारुढ नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले संसद विघटनको सिफारिस असंवैधानिक भएको बताएका छन् । नेता नेपालले प्रधानमन्त्रीले संसद विघटनको सिफारिस तुरुन्त फिर्ता लिनुपर्ने बताए ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैकठले संसद विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस भएपछि नेता नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कलंकको टिका लगाएको प्रतिक्रिया दिए ।

‘प्रधानमन्त्रीले सिफारिस गर्नुभएको हो भने त्यो संविधानको स्पिरिटविपरित र असंवैधानिक कदम हुनेछ । यो कदमको देशव्यापी रुपमा सबैले निन्दा र भर्त्सना गर्नेछन् । र, प्रधानमन्त्री केपी शर्मा ओलीबाट यस्तो काम भएको हो भने उहाँले कलंकको टिका लगाउनु भयो,’ नेता नेपालले कान्तिपुरसँग भने, ‘यो पार्टीका निम्ति दुर्भाग्यको कुरा हुने छ । लोकतन्त्रको निम्ति पनि दुर्भाग्पूर्ण कदम भएको छ । अविलम्ब उहाँले जहाँ उभिनु भएको छ, त्यहाँबाट फिर्ता हुनुस् । विघटनको तहमा पुग्नु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर