Skip to content

एस पार्टीले ठूलो भाग खोज्दा गठबन्धनमा समस्या भयो : प्रचण्ड

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको बैठकमा चुनावी तालमेलको अवस्थाबारे ब्रिफिङ गरेका छन् ।

बैठकमा अध्यक्ष दाहालले वर्तमान सत्ता गठबन्धनमा एकीकृत समाजवादीले ठूलो भाग खोज्दा समस्या भएको बताए । यद्यपि गठबन्धनमा विवाद भए पनि ५ वटै दल मिलेर जानुपर्ने उनले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले एमालेमा हुँदाको जसरी ठूलो भाग खोज्दा भागबण्डा मिलाउन समस्या हुने गरेको उनको भनाइ थियो । आफूलाई अझै पनि एमाले नै देख्ने र सानो पार्टीको अध्यक्ष हुँ भन्ने कुरा हेक्का नराख्ने प्रवृत्तिमा माधव नेपालमा रहेको संकेत गर्दै प्रचण्डले भने, ‘उहाँले आफूलाई अझै पनि एमाले नै सम्झिएर धेरै भाग माग्नुहुन्छ ।’

अध्यक्ष प्रचण्डले ठूलो दल कांग्रेससँग माओवादीले पनि सकेसम्म बार्गेनिङ गरेर धेरै भाग माग्नुपर्ने, नभए जतिमा हुन्छ त्ययतिमा तालमेल गरेर जानुपर्ने समेत बताए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर