Skip to content

प्रचण्डको कडा प्रतिक्रिया : “ओलीले गणतन्त्रमाथि कू गरे, सशक्त प्रतिवाद गर्छौं”

काठमाडौं।। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्रमाथि कू गरेको गम्भीर आरोप लगाएका छन् । प्रधानमन्त्री ओलीले संसद विघटन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेपछि नेकपा अध्यक्ष दाहालको यस्तो प्रतिक्रिया रहेको उनका प्रेस संयोजक विष्णु सापकोटाले पोखरा प्रेसलाई जानकारी दिए । प्रधानमन्त्री ओली भने संसद विघटन गर्ने मन्त्रिपरिषदको निर्णय लिएर राष्ट्रपतिसमक्ष सिफारिस गर्न शीतलनिवासमा छन् । नेकपाकै नेताहरुले ओलीको यो कदमको कडा रुपमा विरोध गरिरहेका छन् । नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पनि ओलीले असंवैधानिक कदम चालेको भन्दै यो निर्णय तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर