Skip to content

भरतपुर महानगरपालिका वडा नम्बर ११ मा रेनु दाहालको पक्षमा अत्याधिक मत खस्ने

भरतपुर। पाँच दलीय गठबन्धनले भरतपुर महानगरपालिका वडा नम्बर ११ को लामाटोलमा भव्य  कोणसभा सम्पन्न गरेको छ ।
कोण सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार  रेनु दाहालले सुन्दर  र देशकै नमुना महानगर निर्माण गर्ने योजना लिएर आफू निर्वाचनमा होमिएको बताउँदै यसलाई साकार पार्न आदरणीय नगरबासी बुबा- आमा ,दाजुभाइ दिदी बहिनीहरुलाई मतदान मार्फत अमूल्य मत  दिएर सहयोग गर्न अनुरोध गरिन् ।भरतपुर महानगरपालिकाको निवर्तमान मेयर समेत रहेकी दाहालले बितेको ५  बर्षमा सुन्दर सहरको  आधारभूत पूर्वाधार निर्माण गरिसकेको र यसलाई पूरा गर्नका लागि प्रमुखको  उम्मेदवारी  दिएको बताइन। । बितेको ५ बर्षमा भरतपुरले दैशके नमुना विकास गरेको र आगामी कार्यकालमा बिकास, समृद्दि र सुशासनको उत्कृष्ट नमुना भरतपुरबाट गरेर देखाउने बताउदै  जखडीमाई खानेपाली आयोजना ३७ करोडको लागतमा आफूलेने सुरूगरेको र छिट्टै सम्पन्न हुने बताईन् ।बसेनी बजार लामाटोल सहक निर्माण भैसकेको र बाईपास गोर्खाली टोल  ३ किमी सडक स्मार्ट सिटी कार्यक्रम अन्तरगत टेन्डर निस्कासनको चरणमा रहेको बताईन् । नवजागृती फन पार्कलाई गुरूयोजना बमोजिम वार्षिक रूपमा बजेट विनियोजन गरेको र आगामी कार्यकालमा यसलाई पनि पुरा गर्ने योजना सहित अगाडि बढेको बताउदै   अब मध्य भरतपुरका सबै वडाहरूको सतह ढल र प्रशाधन केन्द्र निर्माण गरी सहरी  क्षेत्रलाई सुरक्षित र व्यवस्थीत बनाउने  योजना अगाडि  बढाइ सकेको समेत बताईन् । भूमिहीनहरूलाई जग्गाधनी पूर्जा र बेरोजगारी समस्या हल गर्ने आफ्नो मूख्य लक्ष्य रहेको समेत बताईन ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर