Skip to content

श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त

पोखरा।श्रीलङ्काको प्रधानमन्त्रीमा रनिल विक्रमासिङ्घे नियुक्त भएका छन् । राष्ट्रपति गोटाबाया राजापाक्षेले विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

श्रीलङ्कामा विक्रमासिङ्घे सबैभन्दा धेरै पाँच पटक प्रधानमन्त्री बनेका छन् । उनले शपथ लिइसकेका छन् । प्रधानमन्त्री बन्न राष्ट्रपतिले विपक्षी नेताहरूलाई आग्रह गरे पनि नेताहरूले अस्वीकार गरेपछि विक्रमासिङ्घे प्रधानमन्त्री बनेका हुन् ।

गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कामा आन्दोलन चर्किएको छ । प्रधानमन्त्रीबाट राजीनामा दिएका महिन्दा राजापाक्षेको घरमा आन्दोलनकारीले आगो लगाइदिएपछि उनी सेनाको शिविरमा बस्दै आएका छन् । अदालतले राजापाक्षेसहितका १६ जना व्यक्तिलाई देश छाडेर जान रोक लगाएको छ । यद्यपि उनको छोराले आफू र आफ्ना बुबाको देश छाड्ने मनसाय नभएको भन्दै कुनै पनि प्रकारको जाँचमा सहयोग गर्न तयार रहेको बताएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर