Skip to content

कसैको धाक धम्की र प्रलोभनमा नपरी असल र योग्य उम्मेदवारलाई भोट दिऔँ : सभामुख सापकोटा

पोखरा।प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले भोलि हुने स्थानीय तह निर्वाचनमा कसैको धाक धम्की र प्रलोभनमा नपरी असल र योग्य उम्मेदवारलाई भोट दिन आग्रह गरेका छन्। उनले एक भिडियो सन्देश दिँदै सबै काम छोडेर मतदान गर्न आग्रह गरे।

‘कसैको धाक धम्की र भनसुन जस्ता प्रलोभनमा नपरी विवेकको प्रयोग गरौँ,आफ्नो गाउँ नगर निर्माणका लागि असर र योग्य उम्मेदवारलाई मत प्रदान गरौँ,’ उनले भने।
त्यस्तै, उपराष्ट्रपति नन्दबहादुर पुनले पनि वैशाख ३० गते हुने निर्वाचनमा मतदान केन्द्रमा गई सबैले मतदान गर्न आग्रह गरे। उनले भने,‘सबै जना मतदाता केन्द्रमा गई मताधिकार प्रयोग गर्न अनुरोध गर्दछु,यो संवैधानिक अधिकार हो र कर्तव्‍य पनि हो।’

सभामुख सापकोटाले गुहजिल्ला सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका(४ कुविण्डेस्थित श्री सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर