Skip to content

सातजना मन्त्रीले सामूहिक राजिनामा दिए

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् भंग गरेसँगै सरकारका सात जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन्। सिंहदरबारमा पत्रकार सम्मेलन गरी उनीहरुले सामूहिक राजीनामा बुझाएका हुन्।

राजीनामा गर्नेहरुमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षका मन्त्रीहरु रहेका छन्। यद्यपि गृहमन्त्री रामबहादुर थापा बादल र उद्योगमन्त्री लेखराज भट्ट भने यसमा सहभागी छैनन्।

प्रतिनिधिसभाको विघटनको प्रस्तावमा असहमति जनाउँदै आफूहरुले सामुहिक राजीनामा बुझाएको उनीहरुले जनाएका छन्। यसरी राजीनामा बुझाउने मन्त्रीहरुमा गिरिराजमणि पोखरेल, वर्षमान पुन, घनश्याम भुसाल, योगेश भट्टराई, रामेश्वर राय यादव र विना मगर रहेका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर