Skip to content

निर्वाचन पूर्ण समानुपातिक भएको खण्डमा मूल्यबृद्धी रोक्न सकिन्छ: हरिराज अधिकारी

पोखरा। माओवादी केन्द्रका सांसद हरिराज अधिकारीले मूल्यवृद्धि गराउने निर्वाचन प्रणाली सुधार्नुपर्ने बताएका छन्।

शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले निर्वाचनलगत्तै मूल्यवृद्धि हुने गरेकाले अब मूल्यवृद्धि गराउने अहिलेको निर्वाचन प्रणाली सुधार्ने विषयमा छलफल गर्नुपर्ने बताए।

‘हिजो मैले एकजना पूर्वनिर्वाचन आयुक्तसँग कुरा गरेको थिए। नेपालमा निर्वाचनको इतिहाससँगै निर्वाचनलगत्तै मूल्यवृद्धि भएको छ,’ उनले भने, ‘पहिला पहिला थाहा हुँदैनथ्यो रे। अहिले स्वतः थाहा हुने भयो। स्थानीय तहको निर्वाचन सकियो, मंसिरमा चुनाव हुन्छ, फेरि मूल्य बढ्छ।’
मूल्यवृद्धि नियन्त्रणका लागि सर्वदलीय छलफलमार्फत निर्वाचन प्रणाली सुधार्नुपर्ने सांसद अधिकारीले बताए।

‘सर्वदलीय हिसाबले एउटा छलफल गरौँ। यो निर्वाचन प्रणालीलाई करेक्सन गरौँ। पूर्ण समानुपातिक हुने, पार्टीले मान्छेहरु रोज्ने पाउने। पार्टीले ल्याउन र फर्काउन पाउने अधिकार पार्टीलाई हुने वित्तिकै यो आफैँ नियन्त्रण हुन्छ,’ उनले भने, ‘निर्वाचनमा व्यक्ति हार्नुपर्ने, जित्नुपर्ने र इज्जतसँग जोडिने अवस्था रहेसम्म मूल्यवृद्धिको समस्या समाधान हुँदैन।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर