Skip to content

एमालेले बाहेक देशलाई विकसित र आधुनिक बनाउन अरुले सक्दैनन् : ओली

काठमाडौं।नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी बाहेकका अन्य कुनै पनि दलले देशलाई विकसित, सभ्य र आधुनिक बनाउन नसक्ने दाबी गरेका छन्।

अध्यक्ष ओलीले एमालेबाहेक अन्य दलले मुलुकलाई समृद्ध बनाउन सक्दैनन् भन्नु सत्य कुरा भएको जिकिर समेत गरे।

स्थानीय तह निर्वाचनमा पार्टीको पक्षमा जनमत निर्माण गर्न सहयोग गरेका कलाकारहरूको सम्मानमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले राजनीतिभन्दा माथि उठेर कुरा गर्ने हो भने पनि मुलुकलाई भ्रष्टाचारमुक्त बनाउन, विकासको बाटोमा अघि बढाउन एमाले बाहेकका अन्य शक्तिले नसक्ने बताए।

एमालेजस्तो देशको हितमा मरिमेटेर लाग्ने पार्टी नेपालमा अरू नभएको पनि अध्यक्ष ओलीले पटकरपटक दोहोर्‍याए।

उनले एमालेबाहेक अन्य दलले ‘समृद्ध नेपालः सुखी नेपाली’ भनेको सुन्नु भएको छरु भनि प्रश्न समेत गरे।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर