Skip to content

रविन्द्र मिश्रलाई राप्रपाले पत्याएन।

पोखरा।रविन्द्र मिश्र राप्रपामा नजाने भएका छन् । राप्रपामा प्रवेश गर्नेगरि छलफल गरेका मिश्र पदीय भागबण्डा नमिल्दा तत्काललाई राप्रपामा प्रवेश गर्ने कार्यक्रम टरेको छ। स्थानीय तहको निर्वाचनमा विवेकशील साझाले लज्जास्पद हार व्यहारेपछि मिश्रले अध्यक्षबाट राजीनामा दिएका थिए ।

यसअघि पनि मिश्रले राप्रपासँग पार्टी एकताको लागि प्रयास गरेका थिए । तर, पदाधिकारीमा कुरा नमिलेपछि एकता रोकिएको थियो । यो बीचमा मिश्रले राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन र नेता धवलशमशेर राणासँग निरन्तर भेटवार्ता गरेका थिए । मिश्रले सह अध्यक्ष दाबी गरेका थिए ।तर, राप्रपाका पाका नेताहरुले मिश्रलाई सहअध्यक्ष दिन नसक्ने अडान लिएपछि तत्काललाई मिश्रको राप्रपा प्रवेश कार्यक्रम रोकिएको हो । अहिले विवेकशील साझाका नेता तथा कार्यकर्ताहरु तितरवितर भएका छन् ।

वैकल्पिक राजनीतिको नेतृत्व गरेको विवेकशील साझाको नेतृत्वमा मिश्र असफल सावित भएको कतिपयको टिप्पणी छ । अहिले मिश्र आफूले सञ्चालन गरेको हेल्प नेपाल नेटवर्कको गतिविधिमा सक्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर