Skip to content

खड्गप्रसाद ओलीको संसद बिघटन गर्ने कदको बिरूद्ध कांग्रेशले सशक्त भण्डाफोर गर्ने

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री खड्गप्रसाद ओलीको संसद विघटन गर्ने प्रस्तावको शसक्त प्रतिवाद गर्ने जनाएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत धाराण व्यक्त गर्दै प्रधानमन्त्री ओलीको अधिनायक बन्ने आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याउने बताएका छन् ।

‘प्रधानमन्त्रीको कदमलाई नेपाली कांग्रेसले राजनैतिक रूपमा प्रतिवाद गर्नेछ । संविधान र लोकतन्त्र रक्षाका लागि एक जुट हौँ। अधिनायक आकांक्षाको अन्तिम प्रयत्नलाई असफल तुल्याइने छ ।’ शर्माले भनेका छन् ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद् विघटनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने प्रस्ताव गरेपछि कांग्रेसको यस्तो प्रतिक्रिया आएको हो ।कांग्रेसका अन्य नेताहरुले पनि संसद बिघटन गर्ने ओलीको निर्णयको विरोध गरिरहेका छन् ।

सत्तारुढ नेकपामा पनि ओलीको यस कदमलाई लिएर तिब्र असन्तुष्टि देखिएको छ। यसले नेपाली राजनीतिमा नयाँ मोड ल्याइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर