Skip to content

रामचन्द्रलाई रामकुमारीको चिन्ता…

काठमाडौं। नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका नेता र सांसद सबैलाई पालोपालो मन्त्री बनाउन खोजिएकोमा विरोध गरेका छन्।

आज ललितपुरमा आयोजित नेपालमा समाजवादस् चुनौती र सम्भावना विषयक अन्तर्क्रियामा बोल्दै नेता पौडेलले छोटो समयमा मन्त्री परिवर्तन गरेकोमा नेकपा एकीकृत समाजवादीका नेताहरूप्रति असन्तुष्टि जनाएका हुन्। उनले मञ्चमा रहेका एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालतर्फ लक्षित गर्दै रामकुमारी झाक्रीलाई रूवाएर समाजवाद आउँछ भन्ने प्रश्न पनि गरेका थिए।

उनले भने ‘ए बाबा एउटा पार्टीका सांसद सरकारमा मन्त्री भएर गएका छन्। चार दिन हुन पाएको छैन, त्यसलाई हटाउन पर्ने ?,’ उनले भने, ‘पालोपालो मन्त्री बनाउनुपर्ने ? सबैको पालो पुर्‍याउनुपर्ने मन्त्री बन्नलाई ? यो कहाँ त्यस्तो हुन्छ ? सबैको पालो पुग्ने कुरा हुन्न।’ ‘के रामकुमारी झाक्रीलाई धरधरी रूवाएर समाजवाद आउँछ। आउँछ यो देशमा ? कसरी आउँछ?’ पौडेलले भने, ‘समाजवादतिर हामी गइरहेको छौं कि कतातिर जाँदैछौं ? नारा समाजवादको तर कामचाहिँ सामान्तवादका पालाका जस्तो गर्ने ?’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर