Skip to content

एनसेलको ‘दामी क्यासब्याक’, रिचार्जमा दोब्बर ब्यालेन्स !

काठमाडौं । मोबाइल सेवाप्रदायक कम्पनी एनसेल आजियाटा लिमिटेडले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष २०२१ को उपलक्ष्यमा ‘दामी क्यासब्याक’ योजना सार्वजनिक गरेको छ । कम्पनीले आफ्ना प्रिपेड ग्राहकलाई लक्षित गर्दै रिचार्जमा दोब्बर ब्यालेन्स पाउनसक्ने अफर ल्याएको हो ।

यो योजनामा ग्राहकले ५० र १०० रुपैयाँको प्रत्येक रिचार्जमा यस अघिको भन्दा बढी मेन ब्यालेन्स पाउनेछन् । यो योजना अन्तर्गत ५० रुपैयाँ रिचार्ज गर्ने प्रत्येक ग्राहकले कम्तिमा हाल पाइने ४९.०२ रुपैयाँ भन्दा बढी अर्थात ५१ रुपैयाँ मेन ब्यालेन्स प्राप्त गर्नेछन् ।

त्यसैगरी १०० रुपैयाँको रिचार्जमा अब कम्तिमा विद्यमान ९८.०४ रुपैयाँ भन्दा बढी अर्थात १०२ रुपैयाँ मेन ब्यालेन्स पाउनेछन् । आइतबार (पुष ५) बाट लागु भएको यो योजना १५ दिनसम्म संचालनमा रहने कम्पनीले जनाएको छ ।

योजना अवधिमा रिचार्ज गर्ने प्रत्येक प्रिपेड ग्राहकलाई क्रमिक रुपमा प्रत्येक रिचार्जमा नियमित भन्दा बढी मेन ब्यालेन्स प्रदान गरिने छ । ५० रुपैयाँको रिचार्जमा ग्राहकले यो योजनामा अधिकतम १०० रुपैयाँसम्म मेन ब्यालेन्स प्राप्त गर्न सक्नेछन् ।

यसको अर्थ कम्पनीले सरप्राइज रुपमा यो क्यासब्याक उपलब्ध गराउनेछ । योजना अवधिमा रिचार्ज गर्नेहरुले ‘स्योर सट’ (निश्चित रुपमा) न्युनतम क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।

त्यसैगरी अन्य भाग्यशाली ग्राहकले त्यसभन्दा माथि अधिकतम क्यासब्याक प्राप्त गर्न सक्नेछन् । कसले कति क्यासब्याक पाउने भन्ने कुरा चाहिँ सिस्टमले स्वचालित रुपमा निर्धारण गर्ने कम्पनीले जनाएको छ ।

त्यसैगरी १०० रुपैयाँ रिचार्ज गर्नेले २०० रुपैयाँसम्म मेन ब्यालेन्स पाउनेछन् । रिचार्ज कार्ड, भर्चुअल फण्ड ट्रान्सफर (भीईएफटी) तथा अनलाइन मध्ये कुनैपनि माध्यमबाट गरिएको ५० र १०० को प्रत्येक रिचार्जमा यो थप मेन ब्यालेन्सको लाभ लिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर