Skip to content

आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुन्छ : मेयर रेनु दाहाल

चितवन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आगामी आर्थिक वर्षमा दूधमा पाइने अनुदान वृद्धि हुने बताउनुभएको छ ।
मेयर दाहालले भरतपुर महानगरपालिकाले प्रति लिटर रु ३ रुपैयाँ दिने कार्यक्रम एकदमै प्रभावकारी बनेको बताउनुभयो ।
आदर्श पशुपालन तथा दूध खरिद विक्री केन्द्र भरतपुर–८ ले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान कार्यक्रममा मेयर दाहालले सो कुरा बताउनुभएको हो ।
कृषिमा भरतपुर महानगरपालिकाले उत्पादन बढाउने र लागत घटाउने नीति लिए अनुसार यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा उत्पादनलाई प्रथामिकता दिएको जानकारी दिनुभयो ।
‘नीतिमा कार्यक्रममा उत्पादनलाई जोड दिएका छौ,‘उहाँले भन्नुभयो,‘भरतपुरमा ठूला उद्योग कारखाना छैन । त्यस कारण उत्पादन भनेको कृषि नै हो ।’
भरतपुर महानगरपालिकाले दूधमा अनुदानका लागि वार्षिक ठूलो रकम खर्च गर्दै आएको छ । भरतपुर दूध उत्पादनमा आत्मनिर्भर छ ।
मेयर दाहालले भन्नुभयो,‘कृषकलाई प्रोत्सहान गर्न दूधमा २५ पैसा अनुदान दिन सुरु गरेका थियौ । थोरै रकमबाट भए पनि सुरुवात गरेका थियौ । कृषि त्यो पनि पशुपालनबाट । अहिले पनि अनुदान वृद्धि गर्ने सोच थियो, तर अर्को आगामी आर्थिक वर्षमा पक्का हुन्छ ।’
भरतपुरको उत्पादन वृद्धि गर्न आधुनिकिरण, यन्त्रीकिकरण, व्यवसायीकरण गर्ने दिशातर्फ विगत देखि नै केही सुरुवात भइसकेको उहाँको भनाई थियो ।

यसअघिको कार्यकालमा पूर्वाधार निर्माणलाई प्रथामिकतामा राखेर सडकको सहज पहुँच पुगेकाले उत्पादनलाई सजिलै बजारीकरण गर्न मद्दत पुगेको मेयर दाहालले बताउनुभयो ।
पहिला बाटो–घाटा चाहिएको थियो, अहिले राम्रा बाटाहरु बनेका छन्, अब कृषि उत्पादनलाई वृद्धि नगरे आगामी १० वर्षमा भोकमारीको अवस्था आउने मेयर बताउनुभयो ।

मेयर दाहालले यस वर्षदेखि कृषि एम्बुलेन्सको सुरुवात गरी दक्ष प्रविधिकले उपकरणसहित महानगरपालिका भित्रका कृषि फर्ममा देखिएको समस्याको समधानका लागि काम हुने जानकारी दिनुभयो ।
महानगरले कृषि एम्बुलेन्स सञ्चालन गर्ने यस आर्थिक वर्षमा नीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर