Skip to content

नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने

काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले यही पुस १७ देखि आईपी टिभी सेवा सञ्चालनमा ल्याउने भएको छ । कम्पनीले आवश्यक प्राविधिक तयारी पुरा गरी आफ्नो फाइबर टु द होम इन्टरनेटसँगै आईपी टिभी सेवा दिने भएको हो ।

टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीका अनुसार हाल क्लिन फिड नीति अनुरुप आईपी टिभीका लागि कन्टेन्ट व्यवस्थापनको कार्य भइरहेको छ । हाल परीक्षणकालमा रहेको आईपी टिभी सेवामार्फत अहिले टेलिकमका केही कर्मचारीले फ्री टु इयर (प्रसारणका लागि शुल्क नलाग्ने च्यानल) प्रयोग गर्दै आएका छन् ।

कम्पनीले पछिल्लो समयमा एफटीटीएच (फाइबर टु द होम) इन्टरनेट सेवालाई आक्रामक रुपमा विस्तार गरिरहेको छ । जसमा इन्टरनेट तथा ल्याण्डलाइन टेलिफोन सेवा दिँइँदै आएको छ ।

अब निकट भविष्यमा सञ्चालनमा आउने आईपी टिभी सेवा समेत त्यसैमा जोडिनेछ । हालैमात्र कम्पनीले २० एमबीपीएस गतिको एफटीटीएच प्याकेज लिने ग्राहकलाई मोबाइलमा प्रति दिन ३०० एमबी डेटा निःशुल्क रुपमा उपलब्ध गराउने प्याकेज ल्याएको छ । हाल करिब ९६ हजार ग्राहकले टेलिकमको एफटीटीएच इन्टरनेट सेवा जडान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर