Skip to content

प्रधानमन्त्रीद्वारा गभर्नलाई मार्गप्रसस्त गर्न निर्देशन

काठमाडौं।प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बालुवाटार बोलाएका छन् । बालुवाटार स्रोतकाअनुसार अधिकारी प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को अर्थ तथा योजना विभागमा सदस्य रहेको समाचार बाहिरिएपछि प्रधानमन्त्री देउवाले छलफलको लागि बोलाएका हुन् ।

एमालेले उक्त विभागको सदस्यको नाम सार्वजनिक गरेको र सदस्यमा एम अधिकारी (खोटाङ) पनि राखेको र त्यो नाम गभर्नर अधिकारी नै रहेको चर्चाको बीच उनको विरोध तथा आलोचना सुरु भएको छ । यो विषय प्रतिनिधिसभामा पनि उठिसकेको छ । माओवादी केन्द्रका भातृ संस्थाहरुले त अधिकारीको राजीनामा मागेर आन्दोलन थाल्ने घोषणा नै गरिसकेका छन् ।

यही सन्दर्भमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीलाई बालुवाटार बोलाएर मार्गप्रशस्त गर्न आग्रह गर्न खोजेको बुझिएको छ । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने तयारी गरेको र गभर्ननरजस्तो व्यक्ति पार्टीको व्यक्ति भएपछि राम्रो नीति नआउने आरोप छ । बालुवाटारको छलफलमा केही मन्त्रीहरुको पनि सहभागिता रहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर