Skip to content

राष्ट्रपति विद्यादेवी भण्डारी अर्थबिदहरुसँग घण्टौ छलफलमा

पोखरा।राष्ट्रपति विद्यादेवी भण्डारीले अर्थविद्हरुसँग छलफल गरेकी छिन् । राष्ट्रपति भण्डारीले पूर्व गभर्नरहरु डा. चिरञ्जिवी नेपाल, दीपेन्द्रबहादुर क्षेत्री, डा. विश्वम्भर प्याकुरेलसँग आज चार घण्टा लामो छलफल गरेकी हुन् । मुलुकको आर्थिक अवस्था खस्किएको समाचार आईरहेको बेलामा राष्ट्रपति भण्डारीले अर्थविद्हरुसँग आज छलफल गरेकी हुन् ।

सो छलफलको क्रममा उनले मुलुकको अर्थतन्त्र बलियो बनाउने विषयमा सबै लाग्नुपर्ने धारणा राखेकी थिईन् । त्यस्तै, उनले नेपाल कृषिप्रधान देश भएकोले कृषिमा देशलाई आत्मनिर्भर बनाउने विषयमा पनि छलफल गरेकी थिइन् ।उनले किसान ठूलो मारमा रहेको भन्दै उनीहरुको समस्या समाधानको लागि पहल गर्नुपर्नेमा जोड दिएकी थिईन् । नेपाल राष्ट्र बैंकले हालै मौद्रिक नीति सार्वजनिक गरेको छ । राष्ट्रपति भण्डारीले सो क्रममा अर्थविद्हरुसँग मुलुकको पछिल्लो आर्थिक अवस्थाको बारेमा ब्रिफिङ लिएको छलफलमा सहभागी एक अर्थविद्ले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर