Skip to content

गिरिराजलाई संकट प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट इन्जिनियर, शिक्षक जय शाहले उम्मेदवारी दिने

पोखरा।आगामी प्रतिनिधि सभाको चुनावमा महोत्तरी क्षेत्र नम्बर १ बाट इन्जिनियर, शिक्षक जय शाहले उम्मेदवारी दिने भएका छन् । स्थायी घर बर्दिवास नगरपालिका १३ भएका ३२ वर्षीय शाहले स्वतन्त्र उम्मेदवारी दिन लागेका हुन् ।

यसअघि निर्वाचित सांसदहरुले नतिजामुखी काम नगरेको भन्दै आफूले उम्मेदवारी दिनुपरेको उनले बताए । भारतको बैंगलोरबाट इन्जिनियर पढेका शाहले अहिले ब्याचलरमा गणित र विज्ञान विषयमा अध्यापन पनि गराइरहेका छन् ।

पहिलो पटक उम्मेदवारी दिन लागेका शाहले युवाहरुको साथ भएकाले चुनाव जित्ने संभावना बलियो रहेको बताए । आफूले चुनाव जितेको खण्डमा शैक्षिक क्षेत्र, स्वास्थ्य, खानेपानी, कृषि लगायतमा आएको समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधानतर्फ केन्द्रित हुने उनको भनाई छ ।

यतिबेला सोही क्षेत्रबाट उनको प्रतिस्पर्धीको रुपमा पूर्व शिक्षा मन्त्री गिरिराजमणी पोखरेल, लक्ष्मी महतो लगायतका उम्मेद्वारहरुले पनि चुनावी तयारी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर