Skip to content

सुर्य चिन्ह पाउने सपना नदेखे हुन्छ:माधवकुमार नेपाल

काठमाडौं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको नाममा धावा नबोल्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएका छन् ।

बबरमहलमा जारी समानान्तर केन्द्रीय सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता नेपालले पार्टीको नाम र चुनाव चिह्नमा‍थि कसैले धावा बोल्न नक्ने प्रष्ट पारे । उनले भने, ‘कसैले पार्टीको नाममा धावा बोल्दैमा बैधानिकता पाउँदैन । ४४१ केन्द्रीय सदस्यको दुई तिहाई हामी यहाँ छौं ।’

नेपालले कुनैपनि हालतमा अब एमाले नामको पार्टी ब्यूँतिन नसक्ने दावी पनि गरे। ‘सुन्दैछु, नेकपा एमाले ब्यूँताउने रे । पार्टी एकता हुँदा नै दुबै पार्टी विघटन भइसक्यो । त्यो अब ब्यूँतन सक्दैन’, उनले भने ।

ओलीले बालुवाटारमा बोलाएको केन्द्रीय समितिको बैठकलाई नेता नेपालले गुटको भेला बताए । उनले अवैधानिक रुपमा बालुवाटारमा केन्द्रीय कमिटिको बैठक संचालन गरेको आरोप लगाए । उनले आफूहरुसँग बहुमत सदस्य रहेकोले ओलीले संचालन गरेको बैठक वैधानिक नभएको तर्क गरे ।

नेपालले सम्बोधनका क्रममा ओलीले पाँच जना सचिवालयका सदस्यलाई समेत नटेरेको बताउँदै भने, ‘हामी पाँच जनालाई त टेरेनन् । प्रचण्डलाई के टेर्थे ।’

ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई पटकपटक अपमान गरेको तर त्यसलाई सहेर भएपनि कम्युनिस्ट आन्दोलन बचाउनुपर्छ भनेर लागेको भन्दै प्रचण्डको प्रशंसा समेत गरे ।

कार्यकारी अध्यक्ष प्रचण्डको कुर्सी ओलीले हटाएकोमा प्रचण्ड सहेर बसेको नेपालको भनाई छ । उनले आफू भए कुर्सी बोकेर माथि बस्ने जिकिर समेत गरे ।

उनले पूर्व एमाले र पूर्व माओवादीको धारणा छाडेर अगाडि बढ्न केन्द्रीय सदस्यलाई आग्रह पनि गरेका छन् । निर्वाचन आयोगमा राजनीतिक प्रतिवेदन पनि बुझाएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर