Skip to content

राष्ट्रपतिले नागरिकता संशोधन विधेयकलाई प्रमाणिकरण नगरेकोमा प्रचण्ड आक्रोशित

पोखरा। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरणमा ढिला गरेकोप्रति असन्तुष्टि जनाएका छन्।

पाँच दिने जापान भ्रमण सकाएर स्वदेश फर्कने क्रममा बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले राष्ट्रपतिप्रति असन्तुष्टि जनाएका हुन्।

उनले भने– ‘राष्ट्रपतिले नागरिकता विधेयक रोक्नुहुन्न भन्ने छ, तर प्रमाणीकरणको लागि ढिला गर्नु हुँदैनथ्यो, ढिला गर्नुभयो।’संविधानको धारा ११३ मा राष्ट्रपतिले विधेयक प्राप्त भएको १५ दिनभित्र कि प्रमाणीकरण गर्ने कि पुनर्विचारका लागि सरकारलाई फिर्ता पठाउने व्यवस्था छ।

नागरिकता संशोधन विधेयकलाई संघीय संसदका दुवै सदनबाट पारित गरी सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकोमा लगेका थिए। तर १० दिन बितिसक्दा समेत प्रमाणीकरण भएको छैन।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर