Skip to content

अन्तत सात बर्ष पछि देखिएको प्रचण्ड र बाबुरामको मुस्कान

पोखरा। सात वर्षपछि डा. बाबुराम भट्टराई नेकपा (माओवादी केन्द्र) को पार्टी मुख्यालय पेरिसडाँडामा पुगेका छन् । आगामी मंसिर ४ गतेको निर्वाचनमा भट्टराई नेतृत्वको दलले माओवादी केन्द्रको चिन्हबाट चुनाव लड्ने भएको छ ।

यसको लागि आज दुवै दलले आयोगमा संयुक्त रुपमा दल दर्ता गराएका छन् । उता, दुवै दलका प्रतिनिधिहरु आयोगमा दल दर्ताको लागि पुग्दा यता माओवादी केन्द्रीय कार्यालय, पेरिसडाँडामा भने प्रचण्ड, बाबुराम, नारायणकाजी र महिन्द्रराय यादव छलफलमा जुटेका थिए ।

बाबुराम प्रचण्ड
बाबुराम प्रचण्डको सात बर्ष पछिको मुस्कान

उक्त भेटवार्तापछि प्रचण्डले चुनावअघि नै पार्टी एकता संयोजन समिति गठन गरिने खुलासा गरे । उक्त समितिमा माधव नेपालसमेत सहभागी हुने दाहालको खुलासा छ । पेरिसडाँडामा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भनेका छन्,”चुनावअघि नै पार्टी एकता संयोजन समिति बन्छ । बाबुराम र प्रचड सँगै उभिने कुराको ठूलो अर्थ छ, अब हामी सँगै उभियौं । कसैले रोकेर रोकिन्न । आजै पार्टी एकता भएको होइन । तर, चुनावपछि हुन्छ । हामी माधवजीहरुसँग पार्टी एकता संयोजन समिति बनाउने तयारीमा छौं । पार्टी एकता चुनावपछि हुन्छ । नाम परिर्वन भएर नेकपा समाजवादी वा त्यस्तै केही रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर