Skip to content

हर्क साम्पाङले १०० दिनमा गरेको काम

पोखरा। सुनसरीको धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङले आफूले एक सय दिनमा गरेका कामको सूची सार्वजनिक गरेका छन् ।

उनले आज बिहान फेसबुकमार्फत् १३ बुँदामा प्रगति विवरण सार्वजनिक गरेका हुन् ।

उनले नेपालमा श्रम सँस्कृतिको क्रान्ति सुरु गरेको, ४ ठाउँबाट खानेपानीको मुहान थपेको, ६ लाख बिरुवा रोपेको, जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ती बालेको लगायतका काम गरेको उल्लेख गरेका छन् ।

१०० दिनमा गरेका काम भनेर उनले सार्वजनिक गरेको विवरण यस्तो छ–

१. नेपालमा श्रम संस्कृतिको क्रान्ति शुरु गरें
२. ४ ठाउँबाट खानेपानीको मूहान थपें
३. व्यापक जनपरिचालन र सामुदायिक सहभागिता जुटाएँ
४. ६ लाख विरुवा रोपें
५. सरसफाइमा देखिने सुधार ल्याएँ
६. प्रशासनिक सुधार ल्याई शान्तिसुरक्षामा सुधार ल्याएँ
७. जलविद्युतको सफल परीक्षण गरी बगरमा बत्ति बालें
८. बाटो मर्मत संभार तथा तटबन्धन, विपद व्यवस्थापन
९. लागु औषध विरुद्धको अभियान शुरु गरें
१०. योजनाहरुका लागि बजेटको जोहो गराएँ
११. पारदर्शी हिसाब किताब सार्बजनिक गरें
१२. पालिकाका सेवामा तीब्रता र प्रष्टता ल्याइदिएँ
१३. शिक्षा, स्वास्थ्य संस्थाहरुमा सुधार ल्याएँ

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर