Skip to content

नेकपाको एकता समाजवादको लागि

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नम्बर १ का संघीय सांसद क. हरि अधिकारी ‘कुमार’ले नेकपाको एकता समाजवादको लागि भएको बताउनु भएको छ । उहाँले यो एकता भएको र पार्टी प्रवेश नभएको पनि स्मरण गराउनु भएको छ ।

गण्डकी प्रदेशका लोकप्रिय कम्युनिस्ट नेता क. हरि अधिकारी ‘कुमार’ ले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपाको एकता पार्टी प्रवेश नभएको जनाउँदै सत्ता र शक्तिको दुरूपयोग गरेर कसैले आफूलाई चमत्कारिक महिमामन्डित गरिरहने, हजारौँ नेता कार्यकर्ताले चुपचाप बसिदिनु पर्ने, समाजवादको मेसो केही नआउने, जनताले जीवनमा कम्युनिस्ट सरकारको अनुभुति नपाउने, चुनावी घोषणापत्र पूरा नहुने अवस्था आएको भन्दै आक्रोश व्यक्त गर्नुभएको छ ।

उहाँले पार्टी सचिवालय जस्तो पार्टीको उपल्लो निकायमा प्रवृत्तिगत किटानी गरेर विषय उठान गर्दा केही कमरेडहरूमा देखिएको हतास मानसिकता र आतङ्क देख्दा दया लागेको उल्लेख गर्नु भएको छ ।

उहाँले अब समाजबाद केन्द्र नेपाली विशेषताको समाजवाद रहेको राय पनि व्यक्त गर्नु भएको छ । उहाँले सुधार गर्न र सुध्रन चाहनेले यो ल्याउने र त्यसका लागि वस्तुगत परिपक्वता बढेको दावी गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर