Skip to content

माओबादी केन्द्रको महासचिवमा देव गुरूङ

काठमाडौं। लामो रस्साकसी पछि वरियतामा चौथो स्थानमा रहेका  माओबादीका नेता देव प्रसाद गुरूङ नेकपा माओबादी केन्द्रको महासचिवमा प्रस्ताबित भएका छन्।त्यसो त महासचिवमा अनन्तलाई ल्याउने प्रचण्डको चहाना हुँदाहुँदै वरियताको कारण गुरूङ प्रस्ताबित भएको कुरा एक बरिष्ट नेताले पोखरा प्रेसलाई बताए।महाधिबेशन सम्पन्न भएको करिब आठ महिना पश्चात दुई नेताको चर्को दबाब खेपेका अध्यक्ष प्रचण्डले वर्षमान पुनलाई महासचिवको रुपमा हेर्न चाहेका थिए तथापि जनार्दन शर्माको कडा  बिरोधको कारण  देव प्रसाद गुरूङलाई महासचिव दिने निचोडमा पुगेको अनन्त निकट एक पोलिटब्युरो सदस्यले पोखरा प्रेसलाई बताए।

फायल फोटो

पेरिसडाँडामा आज बसेको  बैठकमा अध्यक्ष प्रचण्डले देव गुरूङलाई महासचिव साथै महासचिवका प्रबल दाबेदारद्वय वर्षमान पुन,जनार्दन शर्मालाई लगायत पम्फा भुषाल ,शक्ति बस्नेत, मात्रिका यादव,गिरिराजमणिलाई उपमहासचिवमा ब्यबस्थापन गर्न यो पटक  सफल भएका छन्।त्यसो त नारायणकाजी श्रेष्ठ बरिष्ठ उपाध्यक्ष र कृष्ण बहादुर महरा उपाध्यक्ष घोषणा गरिसेकाका थिए।मन्त्री बन्नसधै लालायित दिननाथ शर्मा र गणेश साह सचिव भएका छन्। त्यसो त देबेन्द्र पौडेल,लिलामणि पोखरेल,हितमान शाक्य,हितराज पाण्डे,डिलाराम आचार्य र राम कार्की पनि सचिव भएका छन् भने कोषाध्यक्षमा श्रीराम ढकाल प्रस्ताबित गरिएका छन्।

प्रतिक्रिया दिनुहोस्

Story Times थप

5
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सञ्चालन गरिने
5
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको सन्देश: “युवालाई वर्तमानकै निर्णायक शक्ति बनाऔँ”
5
बैंकिङ्ग कसुरमा दोषी ठहर भइसके पनि ‘फरार’ बनेका काँग्रेस वडा सदस्य अखिर पक्राउ, अर्को मुद्दामा पनि फस्ने पक्का
4
आज ट्रम्प-पुटिन बिच अलास्कामा बार्ता, यस्तो छ सुरक्षा ब्यवस्था, बिमान उडाउन प्रतिबन्ध
4
कास्की पोखरा समाज जापानद्वारा एनआरएनए जापान नवनिर्वाचित पदाधिकारीलाई सम्मान
6
बिहान उठ्ने बित्तिकै किन दुख्छ तल्लो कम्मर ?
4
भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिगको टाइटल स्पोन्सर